Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीनजना रिहा

प्रधानमन्त्री ओली र देउवाविरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीनजना रिहा

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्दा पक्राउ परेकाहरू रिहा भएका छन् ।

रिहा हुनेमा कन्चनपुरका दीपक सिंह ठगुन्ना, सुर्खेतका गोपीराज जैसी र अछामका रामबहादुर बुढा रहेका छन् ।

सुदूरपश्चिममा मनाइने गौरा पर्व भदौ १० मा काठमाडौंको टुँडिखेलमा मनाइएको थियो । सोही कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समेत सहभागी थिए ।

सोही क्रममा गौरा खेल्न पुगेका युवाहरूले प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध नाराजुलुस गरेका थिए । उनीहरुले केपी चोर, देश छोड जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077