Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने चाजना समातिए

गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीमाथि आक्रमण गर्ने चाजना समातिए

शुक्रवार , भाद्र १४, २०८१

काठमाडौं । भक्तपुरको गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तुका २६ वर्षीय सुदिप पराजुली, झापाको बाह्रदशी गाउँपालिका ५ का ३१ वर्षीय सुवास बस्नेत, रामेछापको खाँडादेवी गाउँपालिका–६ का २७ वर्षीय देवराज खत्री र उदयपुरको चौदण्डी गढी नगरपालिका–६ का २९ वर्षीय रोहित थापामगर रहेका छन् ।

मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरमा साउन ३१ गते भएको दुर्घटनामा ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

शुक्रबार अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

साउन ३१ गते दिउँसो गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077