Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

तामाको तार चोरी गरेको आरोपमा तीनजना पक्राउ

तामाको तार चोरी गरेको आरोपमा तीनजना पक्राउ

शुक्रवार , भाद्र १४, २०८१

कास्की । कास्की प्रहरीले तामाको तार चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१४ मझेरीपाटन बस्ने २९ वर्षीय सुजन परियार, ३७ वर्षीय विकास खवास र २६ वर्षीय निशान दर्जी रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत कास्कीमा चोरी तथा डाँका सम्बन्धी मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको बताइएको छ ।

पोखरा महानगरपालिका-१४ मझेरीपाटन गोर्खा भिलेजस्थित सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ केभी ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, आल्मोनियम अन्डरग्राउण्ड पावर केवल र जेनेरेटरको पार्टपुर्जा गरी अन्दाजी ६ लाख बराबरको सामान चोरी गरेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले बुधबार राति पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077