Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुरक्षा सामुदायिक वन जुवातास, चारजना पक्राउ

सुरक्षा सामुदायिक वन जुवातास, चारजना पक्राउ

शुक्रवार , भाद्र १४, २०८१

कैलाली । कैलालीमा एक सामुदायिक वनबाट तास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१ बनखेत स्थित सुरक्षा सामुदायिक वनको जंगलमा जुवातास खेलिरहेका चारजना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ का ४१ वर्षीय प्रेम रोकाया, गोदावरी–१ का ३३ वर्षीय रतन चौधरी, ४८ वर्षीय मानबहादुर ऐर र दाङ घोराहीका ५२ वर्षीय सुनिल बुढामगर रहेका छन्।

२१ हजार ८८० रुपैँया र एक थान ताससहित उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077