Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

स्पिनिङ मिल्ससँगको सेटिङ बाहिरिएपछि पुनः अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन

स्पिनिङ मिल्ससँगको सेटिङ बाहिरिएपछि पुनः अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्रीको निर्देशन

शनिवार , भाद्र १५, २०८१

काठमाडौं । नेपाल रिलायन्स स्पिनिङ मिल्सको बुक बिल्डिङ विधिमार्फत सार्वजनिक निष्कासन (आइपिओ) प्रकरणको अनुसन्धानमा नेपाल धितोपत्र बोर्डदेखि प्रहरीसम्म विवादमा मुछिएका छन् ।

व्यापारीको दबाबमा परेर फितलो छानबिन गरी उन्मुक्ति दिएपछि थप छानबिनको माग भएको छ । गृहमन्त्री रमेश लेखकले समेत यसमा सेटिङको आशंका गर्दै थप अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

शुक्रबार गृह मन्त्रालयमा भएको कार्यक्रममा पत्रकारहरुकै अगाडि उनले सो अनुसन्धानमा प्रश्न उठेको भन्दै पुनः छानबिन गर्न निर्देशन दिएका हुन् ।

सो कम्पनीले फर्जी कागजपत्र पेस गरी उच्च मूल्यमा आइपिओ जारी गरेको थियो । तर, विवादपछि हाल स्थगित छ । कृत्रिम नाफा देखाएर न्यूनतम शेयर मूल्य उच्च राखेर आइपिओ जारी गरिएको थियो ।

जून तथ्य विषय बाहिर आएपछि स्थगन भयो भने विभिन्न निकायले छानबिन थालेका थिए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले समेत अनुसन्धान अघि बढायो ।

तर, एक महिना नपुग्दै उसले अनुसन्धानमा मुल्तबीमा राखेपछि प्रश्न उठेको थियो । सोही कारण गृहमन्त्री लेखकले थप छानबिन गर्न भनेका हुन् । सो कम्पनीका मालिक पवन गोल्यानले छानबिन रोकाउन व्यापक चलखेल गरेका थिए ।

नेपाल धितोपत्र बोर्डले समेत प्रारम्भिक छानबिन गरेको थियो । कम्पनीलाई क्लिनचिट दिने गरी छानबिन प्रतिवेदन बनाएको छ । कमजोरी देखाउँदा बोर्डमाथि नै प्रहरीले अनुसन्धान गर्न सक्ने भएकाले कर्मचारी समेत मिलेका छन् ।

कतिसम्म भने सो कम्पनीले नेपाल बिद्युत् प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता समेत लुकाएर लेखा परीक्षण गराएका थियो । सो खुलेपछि प्राधिकरणले समेत आइपिओ रोक्न पत्राचार गरेको थियो ।

तर, सो कम्पनीले नेपाल बिद्युत् प्राधिकरणलाई समेत बक्यौता तिरेको छैन । जबकि प्राधिकरणले बोर्डमा पठाएको पत्रअनुसार कम्पनीको बक्यौताबापतको दायित्व एक अर्ब ९४ करोड छ ।

बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता आठ सय २० रुपैयाँ ८० पैसाको दरले रिलायन्स स्पिनिङ मिल्सले आइपिओ जारी गरेको थियो ।

सुरुको तीन महिनामा करिब एक रुपैयाँ प्रतिशेयर आम्दानी भएको सो कम्पनीले पछिल्लो नौ महिनामा प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९० पैसा बनाएर सर्वसाधारणलाई ठग्ने प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077