Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धनगढीबाट साढे ४ किलो चरेससहित बझाङका धामी पक्राउ

धनगढीबाट साढे ४ किलो चरेससहित बझाङका धामी पक्राउ

शनिवार , भाद्र १५, २०८१

कैलाली । कैलालीमा साढे चार किलो चरेससहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय, धनगढीबाट प्रहरी निरीक्षक जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको प्रहरी टोलीले बझाङको केदारस्युँ गाउँपालिका ७ का ४२ वर्षीय जनक धामीलाई पक्राउ गरेको हो ।

उनर्ला शनिबार धनगढी उपमहानगरपालिका ८, क्याम्पस चोकनजिकबाट साढे चार किलो चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

धामी सडकमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको कालो झोलामा रहेको साढे चार किलो चरेस र उनको साथबाट नगद ७५ हजर बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धानको भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077