Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एभरट्रष्ट सहकारीका बचतकर्ताको झण्डै १६ करोड अपचलन, उपाध्यक्षसहित पाँच जना पक्राउ

एभरट्रष्ट सहकारीका बचतकर्ताको झण्डै १६ करोड अपचलन, उपाध्यक्षसहित पाँच जना पक्राउ

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । बचतकर्ताको करोडौं रकम हिनामिना गरेको आरोप एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काठमाडौंको चुच्चेपाटीमा कार्यालय रहेको एभरट्रष्ट सहकारीका पदाधिकारी र कर्मचारीहरुको मिलेमतोमा वचतकर्ता र सदस्यहरुको करोडौं रकम हिनामिना गरेको ब्यूरोले जनाएको छ ।

पक्राउ पर्नेहरुमा सहकारीकी उपाध्यक्ष बविता डंगोल, सचिव कान्छाभाई डंगोल, कोषाध्यक्ष विष्णु प्रसाद फुयाँल र सदस्यद्धय मरभाई बज्राचार्य, रामलाल महर्जन रहेका छन् ।

उनीहरुले वचतकर्ताले जम्मा गरेको निक्षेप रकम प्रचलित कानून विपरित कर्जा तथा सम्पत्तिहरुमा गैह्रकानुनी रुपमा लगानी गगरेका थिए ।

संस्थाको वार्षिक प्रतिवेदनहरुमा समेत बास्तविक अवस्था लुकाई संस्थामा रहेको निक्षेप रकम व्यक्तिगत लाभको लागी प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्ने गरेका थिए ।

मासिक, त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने भन्दै निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने भन्दै उनीहरुले ठगी गर्ने गरेको सीआईबीले जनाएको छ ।

उनीहरूमाथि १५ करोड ९१ लाख रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप लागेको छ ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान थालेको सीआईबीले जनाएको छ ।

सीआईबीले उक्त सहकारीका पीडित निक्षेपकर्ताहरूलाई ब्यूरोमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077