Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धनगढी विमानस्थलबाट साढे ८ लाखका आईफोन बरामद

धनगढी विमानस्थलबाट साढे ८ लाखका आईफोन बरामद

सोमवार , भाद्र १७, २०८१

कैलाली । धनगढी विमानस्थलबाट करिब साढे ८ लाख रूपैयाँ बराबरका आईफोनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन् ।

उनलाई प्रहरीले ८ लाख ४० हजार बराबरका २१ वटा आईफोनसहित पक्राउ गरेको हो ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले चौधरीलाई विमानस्थलको यात्रु प्रवेश द्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेश एक्सरे मेसिनमा चेकजाँच गर्दा काठमाडौं पठाउने भनि पठाइरहेको अवस्थामा आईफोन बरामद गरिएको बताए ।

युवकसहित बरामद गरिएका मोबाईल आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077