काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भनेर तीन ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका-३ मनकामना टोल बस्ने ४४ वर्षीय कमला चुँडाल छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई टोखाबाट पक्राउ गरेको हो।
चुँडालले वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै बेरोजगार युवायुवतीहरुलाई पटकपटक गरी तीन लाख रूपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
उनले पोल्याण्डमा मासिक १ लाख २० हजार कमाई हुने भन्दै ठगी गर्ने गरेका थिए ।
पक्राउ परेका चुँडाललाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।