Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

घरायसी विवादपछि झगडा हुँदा भाइले गरे दाइको हत्या

घरायसी विवादपछि झगडा हुँदा भाइले गरे दाइको हत्या

मंगलवार , भाद्र २५, २०८१

डोटी । कोदालो प्रहार गरी सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाको जोरायल गाउँपालिका–६ डाँडागाउँ बस्ने ५५ वर्षीय नरबहादुर जोराले आफ्नै दाइको हत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार आज नरबहादुरले टाउकोमा कोदालो प्रहार गरी ६५ वर्षीय दाई गणेशबहादुर जोराको हत्या गरेका हुन् ।

घरायसी विवादपछि झगडा हुँदा भाइको कोदालो प्रहारबाट दाइको घटनास्थलमै मृत्यु भएको हो । नरबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077