Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

एआईजीको पदावधि घटाउने प्रस्तावले सशस्त्र प्रहरीमा तरंग

एआईजीको पदावधि घटाउने प्रस्तावले सशस्त्र प्रहरीमा तरंग

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । सशस्त्र प्रहरी बलमा आईजीपी र एआईजी दुवैको पदावधि घटाउने प्रस्ताव अघि बढेको छ ।

गृह मन्त्रालयले सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको विधेयकको मस्यौदामा पदावधि चार वर्षबाट तीन वर्षमा घटाउने प्रस्ताव गरिएको छ । यसले सशस्त्र नेतृत्वमा तरंग ल्याएको छ ।

यो प्रस्ताव पास भएमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले २०८२ को १० वैशाखमा अवकाश पाउनेछन् । त्यसपछि आईजीपीको प्रतिस्पर्धामा नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाल रहनेछन् ।

गौतमले पनि वैशाखमै अवकाश पाउने भएकाले पौडेल र दाहालबीच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ । पौडेल आईजीपी भएमा दाहालले असोजमा यही प्रावधानका कारण अवकाश पाउनेछन् भने दाहाल आईजीपी भएमा पौडेलले जेठमा अवकाश पाउने अवस्था छ ।

पौडेल २०७९ को जेठ तथा दाहाल २०७९ को असोजमा एआईजीमा बढुवा भएका थिए । पौडेलभन्दा दाहाल ६ महिनापछि एआईजी भएका हुन् ।

नयाँ दरबन्दी थपेर शेरबहादुर देउवा सरकारले उनलाई बढुवा गरेको थियो । त्यस कारण सशस्त्र प्रहरीमा भावी आईजीपीको प्रतिस्पर्धा अहिलेदेखि नै पेचिलो बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077