Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्यूठान सरूमारानी गाउँपालिका-१ बाङ्गेसारका ३१ वर्षीय समीर अहमद र खोटाङ दिपरूङ गाउँपालिका-५ घर भएका ३० वर्षीय देवराज खत्री रहेका छन्।

समीर हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौं आएका थिए। उनीको साथबाट करिब ५४ ग्राम सुनको एक ढिक्का, बेरूवा औंठी र एउटा मोबाइल बरामद गरेको हो।

बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सुन संकलन गरी लैजान लागेका देवराजलाई पक्राउ गरेको छ।

उनीको साथबाट करिब २५ ग्राम तौलको सुनको सिक्री, दुई वटा मोबाइल र एउटा ल्यापटप बरामद भएको छ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगल बुझाएको छ।

उनीहरूबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077