Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयलाई गृहमन्त्रीको आग्रह

प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयक चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयलाई गृहमन्त्रीको आग्रह

मंगलवार , भाद्र २५, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने बताएका छन् ।

मन्त्रालयस्तरी विकास समस्या समधान समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

गृहमन्त्री लेखकले भने,‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अर्थमन्त्रालय पठाइएको छ । अन्य निकायमा पनि नीति र विधिको समस्या छ भने म कहाँ प्रस्ताव ल्याएर आउनुहोस् । मैले अगाडि बढाउछु । पहिलो काम नीति र विधि बनाउने नै हो ।’

नीति र विधि बनेपछि जनशक्ति र बजेटका राष्ट्रिय योजना आयोगसँग आग्रह गरिने गृहमन्त्री लेखकले बताए । सुरक्षाको अनुभूति दिन दक्षजनशक्ति चाहिएमा सरकासँग माग्नुपर्ने उनको भनाई छ ।

गृहमन्त्री लेखकले गृहबाट अर्थमन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकलाई चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयका प्रतिनिधिलाई आग्रह गरे ।

गृहमन्त्री लेखकले भने,‘दुबै विधेयकमाथि प्रधानमन्त्रीजीको उपस्थितिमा सकारात्मक र परिणाममुखी छलफल भएको छ । यसले कुनै आर्थिक भार पर्ने छैन ।’

प्रत्येक महिना राजश्व संकलनको रेकर्ड मागेको भन्दै गृहमन्त्री लेखकले राजस्व बढाउन आफूले निरन्तर जोड दिएको बताए।

बैठकमा योजना आयोगका उपाध्यक्ष डा.शिवराज अधिकारीले सबै ठाउँमा स्रोतको सुनिश्चिता नहुँदै कार्यक्रम बनाउने समस्या रहेको बताए।

यस्तै गृहसचिव गोकर्णमणि दुवाडीले गृह प्रशासनको काम अंकभन्दा पनि अनुभूतिमा गराउने विषय भएको बताए।

बैठकमा मन्त्रालयको आन्तरिक व्यवस्था महाशाखा प्रमुख सहसचिव गोगन हमालले आर्थिक वर्ष २०८०/८१को वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077