Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

साढे ४ लाख घुससहित जनकपुरधाम उपमहानगरका वडाअध्यक्ष पक्राउ

साढे ४ लाख घुससहित जनकपुरधाम उपमहानगरका वडाअध्यक्ष पक्राउ

मंगलवार , भाद्र २५, २०८१

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिका -२४ का वडाअध्यक्ष र सचिवसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वडाअध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र शाह र ४५ वर्षका कार्यालय सहयोगी विजय मण्डल रहेका छन् ।

अख्तियारको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले उनीहरूलाई ४ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो।

उनीहरू वडा कार्यालय परिसरबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ । वडाध्यक्ष र वडा सचिवले घरबाटो प्रमाणित गरिदिन उक्त घुस रकम मागेका थिए।

घुस मागिरहेको सूचनाको आधारमा पछ्याउँदै जाँदा रंगेहात पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077