Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

बुधवार , भाद्र २६, २०८१

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताए ।

अदालतको आदेशानुसार मिनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई थुनाका लागि म्याग्दी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गर्भवती मिनाको हत्या गरी शव गाडेको अभियोगमा उनीहरूविरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार माग दाबी गरी ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077