Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

वाइफाइ रिर्चाज सकिएको विषयमा विवाद हुँदा श्रीमतिको हत्या

वाइफाइ रिर्चाज सकिएको विषयमा विवाद हुँदा श्रीमतिको हत्या

बुधवार , भाद्र २६, २०८१

बारा। वाइफाइको रिर्चाज सकिएको विषयमा विवाद हुँदा बारामा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।

निजगढ नगरपालिका–९ का ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन् ।

श्रीमान् विमलकुमार मादकपदार्थ सेवन गरी आएपछि वाइफाइको रिचार्ज सकिएको विषयमा विवाद भएको थियो ।

श्रीमतीले वाइफाइमा रिचार्ज गर्न भनेपछि सुरु भएको विवादका क्रममा विमलले जथाभावी खुर्पा प्रहारेका थिए।

राईलाई बचाउन गएका दुई छोरीलाई समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

आमालाई बचाउन गएकी उनकी जेठी छोरी १८ वर्षीया गंगा र १५ वर्षीया जमुना घाइते भएका छन्।

श्रीमान् विमललाई पक्राउ गरी घटना विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077