Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कलाकार भिसामा युरोप पठाउने भन्दै लाखौं ठगी, बुढानीलकण्ठबाट पक्राउ परे इकु

कलाकार भिसामा युरोप पठाउने भन्दै लाखौं ठगी, बुढानीलकण्ठबाट पक्राउ परे इकु

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । प्रहरीले कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा सुलेमान शंकर 'इकु'लाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले इकुलाई बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

उनले विभिन्न व्यक्तिहरुलाई कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको ब्यूरोले जनाएको छ ।

इकुले विदेशमा हुने सांस्कृतिक कार्यक्रकहरुमा गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य देशहरुमा लैजाने भन्दै ठगी गरेको पाइएको ब्यूरोले जनाएको छ ।

उनले सञ्चालन गरेको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत हुने प्रलोभन देखाएर ठगी गर्ने गरेका थिए ।

विदेशी मुलुकमा भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने गरेको र रकम जम्मा गर्ने पीडितहरूलेसोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयार हुँदैछ तयार भएपछि खबर गर्छु भनेर सम्पर्कबिहीन भएका थिए।

विदेश जान लागेका व्यक्तिहरुको नक्कली डकुमेन्ट बनाउने गरेको सूचना पाएपछि प्रहरीले इकुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका इकुविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077