Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

छोरालाई विदेश पठाउन भन्दै तस्करसँग घुस लिने डिआइजी पोखरेलको सरुवा

छोरालाई विदेश पठाउन भन्दै तस्करसँग घुस लिने डिआइजी पोखरेलको सरुवा

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । छोरालाई विदेश पठाउन भन्दै तस्करसँग घुस लिएको प्रकरणमा छानविनमा तानिएका मधेस प्रदेशका डिआइजी यज्ञबिनोद पोखरेलको सरुवा भएको छ ।

गृह मन्त्रालयले बुधबार उनलाई प्रदेश समन्वय विभागमा सरुवा गरेको छ ।

तराईका बिचौलियाले उनको खातामा पैसा हालेको खुलेपछि प्रहरी प्रधान कार्यालयले छानविन गरेको थियो ।

छानविनमा सो रकम शंकास्पद देखिएपछि उनलाई हटाइएको स्रोत बताउँछ ।

गत १२ भदौमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले रुपन्देहीको एक कार्यक्रममा बोल्दै एक डिआइजी फस्न लागेको खुलासा गरेका थिए । तस्करीमा संलग्न जितेन्द्र कर्णमार्फत उनले पैसा असुलेको खुलेको थियो ।

छानविन सुरु भएपछि छोरालाई विदेश पठाउन पैसा सापट लिएको बताएका थिए । तर, तस्करीमा संलग्नसँग पैसा लिएको खुलेपछि उनी दोषी देखिएका हुन् ।

उनले खटाएका घुमुवालाई समेत झिकाएर प्रहरी प्रधान कार्यालयले विस्तृत छानविन गरेको थियो । सरुवासँगै उनीमाथि विभागीय कारबाही हुने सम्भावना छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीमाथि छानविन गर्ने तयारी गरेको स्रोत बताउँछ ।

[insert page='308170' display='yopanipadhnuhos.php']

पोखरेलले तराईमा खटाएका केही घुमुवालाई झिकाएर उजुरी छानविन शाखाले सोधपुछ गरिरहेको छ ।

मधेस प्रदेशमा डिआइजी लालमणी आचार्यलाई पठाइएको छ ।आचार्य, भरतपुर तालिम केन्द्रमा कार्यरत थिए ।

भरतपुर तालिम केन्द्रमा डिआइजी राजेश बाँस्तोलालाई पठाइएको छ । बाँस्तोलाको जागिर अवधि दुई महिना मात्र बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077