Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

क्यानडा र इटाली पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

क्यानडा र इटाली पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । क्यानडा र इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौंको कलंकी बस्ने २९ वर्षीय रणबहादुर घर्ती र डडेल्धुरा भई काठमाडौंको अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद रहेका छन्।

पक्राउमध्ये रणबहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जनाबाट १ करोड ६५ लाख रूपैयाँ लिएका थिए । कर्णसिंहले भने इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रणबहादुरलाई काठमाडौं बनस्थलीबाट र कर्णसिंहलाई बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077