Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

६० किलो सुन तस्करी प्रकरण : क्यासिनो वाल्डोका सञ्चालक पक्राउ

६० किलो सुन तस्करी प्रकरण : क्यासिनो वाल्डोका सञ्चालक पक्राउ

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । सुन तस्करी प्रकरणमा फरार रहेका वाल्डो क्यासिनोका सञ्चालक फ्लोरेन्स पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई क्यासिनोबाटै पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी सीआईबीले जिल्ला अदालतमा बुझाएको बताइएको छ । अदालतमा उनको बयान भइरहेको छ ।

सुन तस्करीको पैसा लुकाउन सो क्यासिनोलाई प्रयोग गरिएको दाबीसहित प्रहरीले क्यासिनोकी सञ्चालक हङकङकी टेरेन्स सेविरुद्ध मुद्दा दायर गरेको थियो ।

सीआईबीले ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका ६० जनाविरुद्ध मुद्दा दायर गरेको थियो । दुई वर्ष अघि पनि सीआईबीले सो क्यासिनोमाथि छानबिन गरेको थियो । फ्लोरेन्सको सुन तस्करीमा संलग्न चिनियाँ तस्कर समूहसँग सम्बन्ध रहेको खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077