Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उपत्यकाबाट हराएका ९६ मोटरसाइकल धनीलाई फिर्ता

उपत्यकाबाट हराएका ९६ मोटरसाइकल धनीलाई फिर्ता

बिहिवार , भाद्र २७, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् ।

साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो ।

यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिए । उनका अनुसार पाँच वटा मोटरसाइकलमा एउटै नम्बर प्लेट राखेरसमेत चलाइरहेको भेटिएको थियो ।

सवारीसाधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लकलगायत सुरक्षा साइरन जडान गरी चोरी तथा हराउनबाट रोक्न सकिने भन्दै सुरक्षा विधि अपनाउन ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077