Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

क्रिप्टो कारोबार गरेको आरोपमा कल सेन्टरका सञ्चालकसहित ५० जना पक्राउ

क्रिप्टो कारोबार गरेको आरोपमा कल सेन्टरका सञ्चालकसहित ५० जना पक्राउ

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा ५० जनालाई पक्राउ गरेको छ ।

सीआईबीले क्रिप्टो कारोबार गरेको आरोपमा ललितपुरको जावलाखेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

चिनियाँ र फिलिपिन्सका नागरिकले सञ्चालन गरेको कलसेन्टरमा छापा मारेर कल सेन्टर सञ्चालक र त्यहाँ कार्यरत ५० जनालाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।

उनीहरुले सञ्चालन गरेको कल सेन्टरमा क्रिप्टो कारोबार र ठगीधन्दा हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनीहरूमाथि स्क्रिनिङ गरेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077