Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पर्साबाट १५ किलो गाँजासहित एक जना पक्राउ

पर्साबाट १५ किलो गाँजासहित एक जना पक्राउ

बिहिवार , भाद्र २७, २०८१

पर्सा । पर्सा प्रहरीले १५ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने पर्सा बहुदरमाई नगरपालिका–३ पदमौलका गम्हरियाका ३८ वर्षीय रविक महम्मद रहेका छन्।

प्रहरीले उनको घरमा छापा मार्दा उक्त गाँजा बरामद गरेको हो ।

महम्मदले घरमा गाजा लुकाइ छिपाइ राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले उनको घरकोठा खानतलासी गर्दा गाँजा बरामद गरेको थियो।

महम्मदमाथि लागूऔषध सम्बन्धी कसूरमा थप सुन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077