Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अख्तियारद्वारा पहिलोपटक सम्पत्ती शुद्धकिरणसम्बन्धि मुद्दा दायर

अख्तियारद्वारा पहिलोपटक सम्पत्ती शुद्धकिरणसम्बन्धि मुद्दा दायर

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति शुद्धीकरण सम्बन्धि कसुरमा पनि मुद्दा चलाउन थालेको छ।

आयोगले बिहीबार लुम्बिनी विकास कोषका तत्कालिन योजना प्रमुख सरोज भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा मुद्दा दायर गरेको छ ।

उनले घुसवापत आमाको नाममा जग्गा लिएका थिए । भक्तपुरको गुन्डुमा आमा जनक नन्दीनी भट्टराईको नाममा दुई रोपनी ११ आना घुसवापत लिएको खुलेको थियो ।

सोही कसुरमा यसअघि भ्रष्टाचार मुद्दा दायर भइसकेको छ । सम्बद्ध कसुरमा आयोगले सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान गर्न पाउने भएकाले त्यसको छुट्टै अनुसन्धान गरी मुद्दा दायर भएको हो ।

गत चैतमा संशोधन भएको सम्पत्ति शुद्धीकरणसम्बन्धि ऐनले अख्तियार, प्रहरी लगायत निकायलाई सम्बद्ध कसुरमा आफैं अनुसन्धान गरी मुद्दा दायर गर्ने अधिकार दिएको हो ।

यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्र मुद्दा दायर गर्न पाउथ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077