Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अख्तियारद्धारा साइबर ब्यूरोका तत्कालीन इन्सपेक्टर सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियारद्धारा साइबर ब्यूरोका तत्कालीन इन्सपेक्टर सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रहरीको साइबर ब्यूरोका तत्कालीन इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

साइबर ब्यूरोमा कार्यरत हुँदा सुवेदीले मुद्दा मिलाइदिन्छु भन्दै ९९ हजार घुस लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

सुवेदीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077