Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अवैध कल सेन्टरबाट पक्राउ परेका ५० जनामध्ये ८ जनाविरुद्ध मुद्धा दर्ता

अवैध कल सेन्टरबाट पक्राउ परेका ५० जनामध्ये ८ जनाविरुद्ध मुद्धा दर्ता

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । नेपाल प्रहरीले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना विदेशी नागरिकसहित ५० जनालाई पक्राउ गरेको छ।

ललितपुर महानगरपालिका वडा नं. १३, एकान्तकुना स्थित एक घरमा कल सेन्टर सञ्चालन गरी क्रिप्टोकरेन्सीको अवैध कारोबार गरिएको विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले छापा मारी उनीहरूलाई बुधबार नियन्त्रणमा लिएको हो ।

विदेशी नागरिकहरूले स्थानीय नेपालीहरूको मिलेमतोमा तीनतले घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरेका थिए । उनीहरूले नेपाली युवाहरूलाई धेरै रकम आम्दानीको प्रलोभन देखाउँदै गैरकानुनी काममा संलग्न गराएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

प्रहरीले कल सेन्टरमा प्रयोग भएका कम्प्युटर, मोबाइल, र अन्य इलेक्ट्रोनिक उपकरणसहित ५० जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

सो कल सेन्टरबाट विभिन्न लगायतका एपहरु तथा डेटिङ एपहरूमा विदेशी महिलाको फोटो प्रोफाइलको रूपमा प्रयोग गरी विभिन्न मुलुकका पुरुषसँग मित्रता गरी अवैध रूपमा अमेरिकी डलर जम्मा गरेर क्रिप्टोकरेन्सीमा लगानी गरेको खुलेको सिआइबीका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

उनीहरू यसअघि संयुक्त अरब इमिरेट्स (दुबई) मा समेत यस्तै अवैध कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेर नेपाल फर्काइएको थियो। नेपाल फर्केपछि पुनः मिलेर क्रिप्टोकरेन्सीको अवैध कारोबार सुरु गरेको खुलेको छ।

प्रारम्भिक अनुसन्धानबाट मुख्य आठ जनाविरुद्ध 'मुलुकी अपराध संहिता २०७४' अन्तर्गत 'अभौतिक मुद्राको प्रयोग गर्न नहुने' कसुरमा मुद्दा दर्ता गरिएको छ। ललितपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ भने अन्य ४२ जनालाई हाजिर जमानीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मुद्दा दर्ता भएकाहरुमा तीनजना विदेशी नागरिक, कमल कँडेल, संदिप आचार्य, सुजन प्रधान, बिजय बहादुर गिरी र सुदिप अधिकारी रहेको सूचना अधिकारी बोगटीले जानकारी दिए ।

सार्वजनिक अपिल गर्दै प्रहरीले यस्ता अवैध कारोबारलाई निरुत्साहित गर्नका लागि सम्बन्धित निकायमा सूचना दिन आम नागरिकको कर्तव्य भएको बताएको छ। विशेष गरी, विदेशमा वा नेपालमै बसेर यस्तो कारोबारमा संलग्न देखिए कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077