Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपाका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा समातिए

रास्वपाका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा समातिए

बिहिवार , भाद्र २७, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेका छन् ।

कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । श्रेष्ठले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागु औषध बिक्रि भएको खुलेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

गत ३ साउनमा लागुऔषधसहित पक्राउ परेका प्रकाश थापा मगरमाथि अनुसन्धान गर्ने क्रममा श्रेष्ठको फार्मेसीबाट बिक्री भएको खुलेको थियो ।

दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि उनीलाई रास्वपाले सांसदबाट हटाएको थियो ।

श्रेष्ठ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक मोहन थापाले अनलाइन नेपालसँग पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077