Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कैलालीबाट खैरो हेरोइनसहित पाँचजना पक्राउ

कैलालीबाट खैरो हेरोइनसहित पाँचजना पक्राउ

शुक्रवार , भाद्र २८, २०८१

कैलाली । कैलालीमा लागुऔषध (खैरो हेरोइन) सहित पाँचजना पक्राउ पक्राउ परेका छन् ।

बिहीबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बर्दगोरिया गाउँपालिका–२, बौनियागाउँ निवासी ४० वर्षीय रामबहादुर चौधरीको घरमा खानतलासी गर्दा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४० वर्षीय रामबहादुर चौधरी, २९ वर्षीय राधेश्याम डगौरा, २६ वर्षीय रतिराम चौधरी, २४ वर्षीय ज्ञानेन्द्र बिक, र ३० वर्षीय जनक बडुवाल रहेका छन् ।

उनीहरुको साथबाट ४ ग्राम २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, चारवटा मोबाइल, सादा मोबाइल, डिजिटल तराजु, कैची र नगद ७ हजार ५५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077