Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बलात्कार मुद्दा लागेका इन्सपेक्टर धरौटीमा छुटे

बलात्कार मुद्दा लागेका इन्सपेक्टर धरौटीमा छुटे

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । बलात्कारको अभियोग लागेका इन्सपेक्टर विदुर शिवाकोटी धरौटीमा छुटेका छन् ।

उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

धरौटी बुझाएर उनी छुटेका छन् । यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन् ।

ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यरत रहेका शिवाकोटीले भने अभियोग अस्वीकार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077