Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

क्रिप्टो कारोबार गरेको आरोपमा ठमेलबाट दुई जना पक्राउ

क्रिप्टो कारोबार गरेको आरोपमा ठमेलबाट दुई जना पक्राउ

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । प्रहरीले अवैध क्रिप्टो कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरुलाई क्रिप्टो कारोबार गरेको आरोपमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्टारबोइ सोलुसनका सञ्चालकहरू गैडाकोट नवलपरासी घर भइ हाल ठमेल बस्ने २२ वर्षीय प्रज्ञान रिमाल र बागलुङ घर भइ मनमैजु बस्ने २० वर्षीय आयुष शर्मा रहेका छन् ।

रिमाललाई ठमेलबाट र शर्मालाई मनमैजुबाट पक्राउ गरेको थियो। उनीहरूले क्रिप्टोको कारोबार गरेको खुलेपछि प्रहरीले अनुसन्धान गरी पक्राउ गरे हो ।

उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा पेस गरी ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

उनीहरूको साथबाट केही थान मोबाइल र ल्यापटप समेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077