Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अमेरिकी सेनाको टोली काठमाडौंमा

अमेरिकी सेनाको टोली काठमाडौंमा

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । अमेरिकी सेनाको एक टोली नेपाल आइपुगेको छ । नेपाली सेनासँग संयुक्त अभ्यास गर्न संयुक्त राज्य अमेरिकी सेनाको टोली नेपाल आएको हो ।

प्यासिफिक एन्जल नाम दिइएको संयुक्त अभ्यास भदौ ३० मा सुरू भएर असोज ४ मा सकिनेछ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार, काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा विभिन्न अभ्यासहरू सञ्चालन हुनेछन् ।

अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनुपर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदानप्रदान हुने जंगी अड्डाले जनाएको छ ।

१२ वर्षअघि सुरू भएको अमेरिकासँगको यस्तो अभ्यासको यो चौथो संस्करण भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077