Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवा खालबाट समातिए, १८ लाख बरामद

गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जना जुवा खालबाट समातिए, १८ लाख बरामद

आइतवार , भाद्र ३०, २०८१

विराटनगर । मोरङमा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसहित नौ जुवाडे पक्राउ परेका छन् ।

शनिबार राति प्रहरीले छापा हानी मोरङको ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्ष शिवनारायण माझीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुन्दहरैंचा नगरपालिका–१ का ५০ वर्षीय जनककुमार माझी, सुनसरीको दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीका ४५ वर्षीय महेशकुमार माझी र ४५ वर्षीय महेश साह, ग्रामथान–४ का आर्हलाल माझी रहेका छन् ।

यस्तै सुनसरीको धरान उपमहानगरपालिका–१५ का युवक राई, दमक–१० का कतुवर्न नेम्वाड, मोरङ लेटाङ नगरपालिका–९ का लोकनाथ सापकोटा र सुन्दरहैंचा–३ का प्रताप राईलाई पनि पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने माझी २०७४ को निर्वाचनमा निर्वाचित गाउँपलिका अध्यक्ष हुन् । ग्रामथान–४ को कटहरा भन्ने ठाँउमा जुवा खेलिरहेको ठाउँमा राति प्रहरीले छापा हानेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनीहरूको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077