Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

बलात्कार मुद्दाका कैदी अस्पतालबाटै फरार

आइतवार , भाद्र ३०, २०८१

झापा । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी फरार भएका छन्।

भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान २४ वर्षीय जीवन साह फरार भएका हुन् ।

त्यहाँ उपचाररत साहलाई अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीले जनाएको छ।

छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो। फरार कैदी साहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077