Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

माछापुच्छ्रे सहकारीको ९ करोड हिनामिना प्रकरण : अध्यक्ष अमलेश कर्ण पक्राउ

माछापुच्छ्रे सहकारीको ९ करोड हिनामिना प्रकरण : अध्यक्ष अमलेश कर्ण पक्राउ

आइतवार , भाद्र ३०, २०८१

विराटनगर । विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना आरोपमा अध्यक्ष अमलेश कर्ण पक्राउ परेका छन् ।

९५ जना बचतकर्ताको उजुरीपछि प्रहरीले आइतबार अध्यक्ष कर्णलाई पक्राउ गरेको हो । विराटनगर महानगरपालिका– ७ मा कार्यालय रहेको सहकारी डेढ वर्षदेखि बन्द छ ।

कर्णविरुद्ध यसअघि नै उजुरी परेको थियो। गत बुधबार पक्राउ परेका उनीमाथि प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको छ।

माछापुच्छ्रे सहकारीमा सर्वसाधारण बचतकर्ताले जम्मा गरेको ९ करोड २५ लाख रुपैयाँ नेता र कर्मचारीले घोटाला गरेको पाइएको छ।

आफूलाई राजनीतिकर्मी, अधिकारकर्मी र सामाजिक अभियन्ता भन्नेहरु नै सहकारीका संचालक थिए। उनीहरुकै मिलेमतोमा बचतकर्ताको रकम हिनामिना हुँदा सहकारी डुबेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077