Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

दार्चुलाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

दार्चुलाबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

सोमवार , भाद्र ३१, २०८१

दार्चुला । दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।

जिल्लाको महाकाली नगरपालिका वडा नं. ४ खलंगास्थित विद्यानगरमा आइतबार राति गोप्य सूचनाका आधारमा प्रहरीले उक्त स्थानमा छापा मारेको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले छापाका क्रममा, ५७ वर्षीय गोबिन्द धानुकको घरको माथिल्लो तल्लामा लुकीछिपी जुवा खेलिरहेको अवस्थामा उनीसहित अन्य सात जनालाई पक्राउ गरिएको हो ।

प्रहरीले घटनास्थलबाट नगद ९३ हजार २२० रुपैयाँ र १ गड्डी तास बरामद गरेको छ । पक्राउ परेका व्यक्तिहरूमाथि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077