Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जबर्जस्तीकरणी मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

जबर्जस्तीकरणी मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ

सोमवार , भाद्र ३१, २०८१

डोटी । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको हो ।

डोटी प्रहरीका अनुसार खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।

३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका-७ सिलगढी-साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा पेस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077