Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आज सभामुख घिमिरेलाई प्रतिवेदन बुझाउँदै सहकारी छानबिन समिति

आज सभामुख घिमिरेलाई प्रतिवेदन बुझाउँदै सहकारी छानबिन समिति

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सहकारी छानबिन सम्बन्धी संसदीय समितिले आफ्नो प्रतिवेदन आज सभामुख देवराज घिमिरेलाई बुझाउने भएको छ । अहिले १० बजे सभामुखलाई प्रतिवेदन बुझाउन लागिएको हो ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा बनेको समितिले सहकारीमा देखिएका समस्या सम्बन्धी अध्ययन गरेको थियो ।

रास्वपाका सभापतिसमेत रहेका पूर्वमन्त्री रवि लामिछानेलगायतलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो ।

जीबी राई, रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षरमा संयुक्त खाता सञ्चालन भएको पुष्टिसहितको प्रतिवेदन समितिले तयार पारेको छ । राति अबेरसम्म बसेको समितिको बैठकले लामिछानेले सहकारीको रकम अपलचन गरेको निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077