Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस

कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न संसदीय समितिको सिफारिस

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सहकारी छानबिन सम्बन्धी संसदीय विशेष समितिले कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।

कांग्रेस उपसभापति गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातहरूले देखाएको संसदीय छानबिन विशेष समितिले जनाएको हो।

समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको छ।

समितिले छानबिन गरिरहेका बेला सहकारी मितेरी सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो ।

उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भनेर समितिमा सहमति भएको छ। संसदीय समितिले आफ्नो प्रतिवेदन आज सभामुख घिमिरेलाई बुझाउन लागेको छ ।

नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा बनेको समितिले सहकारीमा देखिएका समस्या सम्बन्धी अध्ययन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077