Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहकारी ठगीमा रविको संलग्नता रहेको संसदीय समितिको ठहर, कारबाही सिफारिस

सहकारी ठगीमा रविको संलग्नता रहेको संसदीय समितिको ठहर, कारबाही सिफारिस

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाले छ ।

छानबिन समिति स्रोतका अनुसार सहकारी संस्थाको बचत अपचलनमा रास्वपाका सभापतिसमेत रहेका गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको संलग्नता पुष्टि भएको निष्कर्ष निकालेको हो ।

विभिन्न सहकारीबाट गोरखा मिडिया नेटवर्कमा आएको रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेको भेटिएको छ।

गोरखा मिडिया कम्पनीका अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयसम्म पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको अनुसन्धानबाट खुलेको छ ।

लामिछानेसँग संसदीय समितिले करिब १० घन्टा सोधपुछसमेत गरेको थियो। लामिछानेले सहकारीहरूबाट बचत रकम गोर्खा मिडियामा आएको कुरा आफूलाई थाहा नभएको बताएका थिए।

जेठ १५ मा प्रतिनिधिसभाले सहकारी संस्थाको रकम दुरूपयोग सम्बन्धमा छानबिन गर्न सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

समितिको सभापतिमा एमालेका सांसद सूर्य थापा छन् । सात सदस्यीय समितिमा सभापति थापासहित सरिता भुसाल, दिलेन्द्रप्रसाद बडू, ईश्वरी न्यौपाने, लेखनाथ दाहाल, शिशिर खनाल र ध्रुवबहादुर प्रधान सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077