Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जीबीलाई खोजेर कारबाही गर्न संसदीय समितिको निर्देशन

जीबीलाई खोजेर कारबाही गर्न संसदीय समितिको निर्देशन

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले जीबी राईसहितलाई खोजी गरी कारबाही गर्न निर्देशन दिएको छ।

समितिले सहकारी ठगीमा संलग्न रही फरार रहेका जीबीसहितका व्यक्तिहरूलाई शीघ्र खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको हो।

समितिले तयार पारेको प्रतिवेदनको सुझाव खण्डमा राईसहित थानबहादुर बुढा मगर सूर्यदर्शन पोखरा, दिनेश रोक्का सहारा चितवन, सागर केसी सुप्रिम बुटवल, तस्वीर खातुन सानो पाइला, वीरगन्ज र भूपेन्द्र राई –स्वर्णलक्ष्मी काठमाडौँलाई शीघ्र खोजी गरी कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ।

त्यस्तै समितिले समितिले छानबिनको लागि खोजी गरेर उपस्थित गराइ दिन गृह मन्त्रालय मार्फत नेपाल सरकारलाई निर्देशन गरेका अन्य फरार व्यक्तिहरूलाई अविलम्ब कानुनको दायरामा शीघ्र ल्याई बचत अपचलनमा कारबाही अघि बढाउन सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077