Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

समस्याग्रस्त सहकारीका सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न संसदीय समितिको सिफारिस

समस्याग्रस्त सहकारीका सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न संसदीय समितिको सिफारिस

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले समस्याग्रस्त सहकारीका संचालकको सम्पत्तिबाट बचतकर्ताको बचत रकम फिर्ता गर्न सुझाव दिएको छ ।

सूर्य थापा सभापति रहेको संसदीय समितिले दिएको प्रतिवेदनमा उक्त कुरा उल्लेख गरिएको हो।

विशेष समितिले समस्याग्रस्त सहकारी संस्थाका संस्थागत सम्पत्ति, त्यसका सञ्चालक र संलग्न व्यक्तिको सम्पत्ति तत्काल रोक्का गर्न सुझाव दिएको छ।

समितिले दिएको प्रतिवेदनमा समस्याग्रस्त घोषणा भइसकेका सहकारी पुनः सञ्चालनमा आउन सक्ने सम्भावना क्षीण रहेको उल्लेख गरेको छ।

समितिले बचत रकम फिर्ता गर्न दुई चरणमा काम गर्न संसदमार्फत् सरकारलाई पठाएको प्रतिवेदनमा सुझाएको छ।

त्यसका लागि सहकारीको आकारका आधारमा हरहिसाब फरफारक गर्न ३ देखि ७ जनाको समूह बनाएर प्रत्येक सहकारीमा पठाउन भनिएको छ।

समितिले समस्यामा रहेका सहकारी संस्थाका सञ्चालकहरूको अचल सम्पत्तिदेखि विदेश यात्रामा समेत रोक लगाउन सिफारिस गरेको छ ।

केन्द्र, प्रदेश तथा स्थानीय तहहरूमा आ-आफ्नो जिम्मेवारीभित्र पर्ने गैरकानूनी कारोबार गर्ने सहकारी संस्थाहरू र त्यससँग सम्बन्धित व्यक्तिहरूको सम्पत्ति जिम्मा लिने, बेचबिखन गर्ने, ऋण असुली गर्ने, निक्षेप कर्ताहरूको निक्षेप फिर्ता गर्ने लगायतका कार्यहरू गर्न कानूनी र संस्थागत प्रबन्ध गर्न सिफारिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077