Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गुप्तचर प्रमुखलाई राजीनामा दिन प्रधानमन्त्रीको दबाब

गुप्तचर प्रमुखलाई राजीनामा दिन प्रधानमन्त्रीको दबाब

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)का प्रमुख हुतराज थापालाई राजीनामा दिन दबाब दिएका छन् ।

विभागलाई आफु अनुकुल चलाउन प्रधानमन्त्रीले राजीनामाका लागि दबाब दिएको स्रोत बताउँछ ।

गुप्तचर प्रमुख थापा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । प्रचण्डकै जोडबलमा दुई वर्षअघि उनी विभागको प्रमुख बनेका थिए ।

हटाउँदा विवाद हुन सक्ने भएकाले प्रधानमन्त्री ओलीले काम गर्न नसकेको भन्दै राजीनामाका लागि दबाब दिएको स्रोत बताउँछ ।

थापाको कार्यकाल अझै एक वर्ष बाँकी छ । विभागभित्रै एआइजीहरु समेत यो खेलमा लागेका छन् ।

एआइजी ओम जोशी र टेकेन्द्र कार्की थापालाई हटाउने खेलमा लागेका छन् ।

जोशी र कार्की दुवै कांग्रेस निकट मानिन्छन् । तर, पछिल्लो समय दुवै एमाले नेताको घर धाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077