Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एकजना पक्राउ

सोमवार , भाद्र ३१, २०८१

काठमाडौं । काठमाडौँको बाङ्गेमुढाबाट स्कुटर चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

शंकास्पद अवस्थामा बागमती प्रदेश ०२-०२५ प ८५३६ नम्बरको डियो स्कुटर चलाइरहेका काठमाडौ महानगरपालिका १८ रक्तकालीका २० वर्षीय रोहित शाहीलाईसोमबार दिउँसो ३ बजे ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर प्रदेश (०३(०२(०१५ प ०५३६ रहेको स्कुटर काठमाडौँको ठमेलबाट हराएको भनि सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ३ बस्ने सत्कार न्यौपानेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077