Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कास्की प्रहरीले एक महिनामै पक्राउ गर्‍यो ८६ जना फरार प्रतिवादी

कास्की प्रहरीले एक महिनामै पक्राउ गर्‍यो ८६ जना फरार प्रतिवादी

सोमवार , भाद्र ३१, २०८१

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

कार्यालयका अनुसार अदालतको फैसला कार्यान्वयनका लागि भदौ १ देखि ३१ गतेसम्मका अवधिमा ६३ जना पुरुष र २३ महिला फरार प्रतिवादी पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैले अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरूबाट रु ४६ लाख ९२ हजार नौ सय जरिवाना असुल गर्नका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077