Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

बोरामा पोको पारेर फालेको अवस्थामा युवकको शव भेटियो

बोरामा पोको पारेर फालेको अवस्थामा युवकको शव भेटियो

सोमवार , भाद्र ३१, २०८१

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा बोरामा पोको पारेर फालेको अवस्थामा एक युवकको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका-१३ चिलीया स्थित खेतबारीमा उक्त शव फेला परेको हो । शवको पहिचान खुल्न सकेको छैन ।

सोमबार बिहान खेतमा काम गर्न गएकाहरुले बोरामा पोको पारेर फालेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शवको पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ । थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077