Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कैलाली कारागारमा एक कैदी बन्दीको मृत्यु

कैलाली कारागारमा एक कैदी बन्दीको मृत्यु

मंगलवार , आश्विन १, २०८१

कैलाली । कैलाली कारागारमा एकजना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ को २३ वर्षीय दिपक बिकको सोमबार मृत्यु भएको हो ।

दिउँसो साढे ३ बजेको समयमा शौचालयमा लडेको अवस्थामा भेटिएका बिकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो ।

तर बिकको उपचारका क्रममा प्रादेशिक अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आफन्तले घटना शंकास्पद रहेको भन्दै छानविनको माग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077