Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

मंगलवार , आश्विन १, २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १६ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिम सकिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सोही शिक्षालयमा सोमबार एक कार्यक्रमकाबीच उक्त तालिमको समापन गरेका हुन् ।

महानिरीक्षक अर्यालले तालिमका सर्वप्रथम र कवाजमा उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक रविन सार्कीलाई खुकुरी प्रदान तथा शारिरीक सहिष्णुतातर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक भीष्म परियार र चाँदमारीतर्फ उत्कृष्ट सशस्त्र प्रहरी सहायक निरीक्षक सञ्जीव पटेललाई पुरस्कार प्रदान गरे।

उनले राष्ट्रको सेवा, सुरक्षार्थ दृढ संकल्पित भई आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित भएका सशस्त्र प्रहरी सहायक निरीक्षकहरुलाई हार्दिक बधाई दिए ।

साथै आफ्ना सन्ततीहरुलाई सशस्त्र प्रहरी बल नेपालको सदस्यका रुपमा संगठनमा आवद्ध गराई राष्ट्र र जनताको सेवामा समर्पित रहन उत्प्रेरणा प्रदान गर्नुहुने अभिभावकहरुमा हार्दिक कृतज्ञता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077