Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

ब्राउन सुगरसहित पर्साबाट भारतीय नागरिक पक्राउ

ब्राउन सुगरसहित पर्साबाट भारतीय नागरिक पक्राउ

मंगलवार , आश्विन १, २०८१

पर्सा । प्रहरीले लागूऔषध ब्राउन सुगर तस्करीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी थाना आदापुर बस्ने २३ वर्षीय विकास कुमार पटेल छन्।

पटेललाई प्रहरीले वीरगन्ज महानगरपालिका– ८ पानीट्यांकी टोल जमुना सेकुवा पसलबाट पक्राउ गरेको हो।

उक्त पसलमा लागूऔषध खरिद बिक्री कारोबारी भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले पटेलको शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट लागूऔषध ब्राउन सुगर ५४ ग्राम फेला पारेको थियो।

उनलाई नियन्त्रणमा लिई लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077