Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गर्ने पटेल पक्राउ

सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गर्ने पटेल पक्राउ

मंगलवार , आश्विन १, २०८१

पर्सा । प्रहरीले सामाजिक सञ्जालमा हातहतियार प्रदर्शन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन् ।

पटेलले सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गर्ने गरेका थिए ।

सामाजिक सञ्जालमा किङ पर्सा नामबाट अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियार प्रदर्शन गरी त्रास सिर्जना गर्नेलगायत अराजक गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले पटेललाई पक्राउ गरेको हो ।

उनलाई मंगलबार वीरगञ्ज-प्रतिमा चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले पटेललाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा अनुसन्धान भइरहेको र त्यस्ता गतिविधिमा संलग्न अन्यको पनि खोजतलाश भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077