Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

धारिलो हतियार प्रहार गरी महिलाको हत्या, शिवप्रसाद पक्राउ

धारिलो हतियार प्रहार गरी महिलाको हत्या, शिवप्रसाद पक्राउ

बुधवार , आश्विन २, २०८१

बर्दिया । बर्दियामा एक महिलाको हत्या भएको छ । जिल्लाको बारबर्दिया नगरपालिका-५ तर्कापुरमा सोही ठाउँकी ३९ वर्षीया मीना थारुको हत्या भएको हो ।

गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु) ले मीनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेको खुलेको छ । उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि फरार भएका शिवप्रसाद वडा नम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ परेका छन् । घटनाको थप अनुसन्धान भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077